मुख्य खबरफिचर

सर्वोच्चको फैसलाको स्वागतमा हेटौंडामा कांग्रेस र माओवादीको प्रर्दशन

संवाददाता

हेटौंडा \ सर्वोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको कदम खारेज गरेको स्वागतमा हेटौंडामा नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको गठबन्धनले प्रर्दशन गरेको छ ।

No description available.

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल, वाईसियल, अखिल क्रान्तिकारीले अदालतको निर्णयको समर्थनमा हेटौंडाको बुद्धचोकमा प्रर्दशन गरेको हो । प्रर्दशनका क्रममा आज होइन भोलीलाई  लैजाउ तिम्रो ओलीलाई, प्रतिगमन ढालियो,केपी ओली फालियो जस्ता नारा लगाएका थिए ।

No description available.

प्रर्दशनमा नेपाली कांग्रेस, विद्यार्थी संघ, तरुण दल,वाईसियल, अखिल  क्रान्तिकारी सहित दुबै दलका विभिन्न भातृ एवं शुभेच्छुक संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रर्दशनमा विपक्षी गठनबन्धन सम्बन्ध नेकपा माओवादीसहितका दलका युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।