मुख्य खबरसमाचारफिचर

प्रदेश सरकारलाई दुइ सय वटा अक्सिजन सिलिण्डर सहयोग

संवाददाता

हेटौंडा \  बागमती प्रदेश सरकारलाई दुइ सय वटा अक्सिजन सिलिण्डर सहयोग प्राप्त भएको छ । एसटीसी ग्रुपको तर्फबाट प्रदेश सरकारलाई २ सय वटा अक्सिजन सिलिण्डर आज हस्तान्तरण गरिएको हो ।

ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सिलिण्डर हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सिलिण्डर अभाव भइरहेको समयमा सहयोग प्राप्त हुनु राम्रो काम भएको बताए  ।

अक्सिजन अभावका कारण कोरोना संक्रमणका बिरामीलाई पहिले समस्या परेको भएपनि अहिले केही सहज भएको मुख्यमन्त्री पौडेलले बताए । फेरी पनि यस्ता सहयोग सरकारलाई आवस्यक पर्ने भएकाले निरन्तरता दिनका लागि आग्रह गरे  । कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य दिपक निरौला, स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र हेटौंडाका प्रमुख बसन्त अधिकारी लगायतकाको सहभागिता रहेको थियो ।