मुख्य खबरसमाचारफिचर

सहमति नभए प्रतिपक्षले संसद अवरोध गर्ने

संवाददाता

 खबरबाकस \ आफ्नो माग पूरा नभएसम्म कुनै पनि हालतमा सदन चल्न नदिने चेतावनी प्रतिपक्षी दलले दिइरहेको बेलामा बागमती प्रदेश सरकारले भने कुनै तयारी नै नगरी बैठक बस्न लागेको छ ।

बजेट सार्वजानिक पश्चात पास गर्नका लागि प्रतिपक्ष दलसँग कुनैपनि छलफल नगरी बैठक बोलाइएको सन्दर्भमा विरोध भइरहदा शनिवार बागमती प्रदेश सभाको बैठक बोलाइएको हो । आम सञ्चार गृह सञ्चालन, विद्युतीय बस सञ्चालन, सुरुङमार्ग र दुई वटा बजेट किताबको विषयले प्रतिपक्ष दलहरुले सदन अवरुद्ध गर्दै आइरहेका छन् ।
शनिवार दिउँसो ३ बजे हुने भनिएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले कार्यान्वय हुन नसक्ने कार्यक्रम र योजना ल्याइएको हुनाले विरोध गरेको बताए । खबरबाकस सँग कुरा गर्दै उनले आम सञ्चार गृह सञ्चालन, विद्युतीय बस सञ्चालन, सुरुङमार्ग, मेट्रोरेल, दुई थरिका बजेट किताब र केहि बहुवर्षिय योजनाहरु सच्याउनुपर्ने जस्ता विषय सरकारले फिर्ता लिएमा मात्र बजेट पास गर्ने होइन भने अवरोध जनाउदैं सदन बैठक बहिष्कार गर्न समेत पछि नहट्ने बताए ।

त्यस्तै, प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता इन्द्र बहादुर बानियाँले चार्जिङ सेन्टर स्थापना नभए सम्म बस खरिद प्रक्रिया अघि बढाइएको, आम सञ्चार गृह सञ्चालन गर्ने भनिएको, दुई थरिका बजेट किताब तयार पारेको विरुद्धमा हामीले संसद अवरुद्ध गरिएको बताए । यी यस्ता विषय सरकारले फिर्ता लिनको लागि छलफल गर्छौ तर फिर्ता नलिएमा विरोध जनाई सदनमा अवरोध गर्नेछौं । सरकारले व्यापार गर्न लागेकाले विरोध जनाएका हौं, रेल जस्तो बस पनि त्रिपालले छोपेर राख्नुपर्ने अवस्थामा पुग्नेछ त्यो अवस्थामा पुग्न नदिन सुरुमा आवश्यक भौतिक संरचना निर्माण गरि मात्र खरिद प्रक्रियामा जानुपर्ने नेता बानियाँले बताए ।

प्रतिपक्षले राखेको माग फिर्ता लिए बजेट पास हुन्छ होइन भने हाउस बहिष्कार हुनेछ । हामी प्रतिपक्ष दल माओवादी केन्द्र र नेपाली काँग्रेस सभामा उपस्थित हुने र सदन अवरोध गर्ने बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले प्रतिपक्ष दलले उठाएका माग सरकारले फिर्ता नलिएर जबरजस्ती पास गर्न खोजे प्रतिरोध गरिने बताए । घमण्ड र दम्भका साथ आएको यो सरकारको केहि योजनाको बजेट कार्यान्वयन गर्न नसक्ने खालका रहेको समेत पुलामीले बताए । दुवै प्रतिपक्ष दलको सदन चल्नुअघि संसदीय दलको बैठक बसी छलफल गरी सभामा उपस्थिती हुने जनाइएको छ ।