मुख्य खबरसमाचारफिचर

प्रदेशसभा बैठक भोली बस्दै

संवाददाता

हेटौंडा \ बागमती प्रदेशको प्रदेशसभा बैठक भोली बस्ने बस्ने भएको छ। प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले शनिबार दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका हुन्।

बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलले २ पटकसम्म अवरुद्ध गरेपछि सभामुखले २१ गते अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित गरेका थिए। सरकारले असन्तुलित ढंगले बजेट ल्याएको भन्दै सत्तापक्ष र प्रतिपक्ष सरकारले ल्याएको बजेटप्रति असन्तुष्ट बनेका हुन् ।

आफ्नो माग पूरा नभएसम्म कुनै पनि हालतमा सदन चल्न नदिने चेतावनी प्रतिपक्षी दलले दिइरहेको बेलामा सरकारले भने कुनै तयारी नै नगरी बैठक बस्न लागेको छ।