मुख्य खबरसमाचारफिचर

हेटौंडा अस्पतालमा अब सम्पूर्ण सेवाहरु सुचारु

संवाददाता

हेटौंडा \  कोरोना भाइरसका संक्रमितहरुको उपचारका लागी कोभिड अस्पतालको रुपमा रुपान्तरण गरेसँगै अन्य सेवा बन्द रहेको हेटौंडा अस्पतालमा अब सम्पूर्ण सेवाहरु सुचारु हुने भएको छ ।

कोभिड अस्पतालका कारण आंसिक रुपमा बन्द रहेका सम्पूर्ण सेवा असार २४ गते बिहीबारबाट सुचारु गर्न लागिएको हेटौंडा अस्पतालले सूचना निकाले जानकारी दिएको छ ।

अस्पतालले तत्काल जनरल आइसियू सेवा बाहेकका अन्यु सेवा सूचारु गर्न लागेको हो । अझैपनि कोरोना संक्रमितको उपचारको लागी आइसियू सेवा प्रयोगमा आइरहेकोले अन्यका हकमा आइसियू सेवा तत्काल उपलब्ध नहुने अस्पतालले जनाएको छ ।
 

212664702_573854463961259-1625574212.jpg