मुख्य खबरसमाचारफिचर

मूख्यमन्त्री पौडेलद्धारा दुईवटा पुल उद्घाटन

संवाददाता

हेटौंडा \  बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको बकैया गाउँपालिकामा २ वटा पुलको एकैदिन उद्घाटन गरेका छन् । उनले मंगलबार बकैया गाउँपालिकामा निमार्ण भएको एउटा पुल र एउटा झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् ।

मूख्यमन्त्री पौडेलले प्रदेश सरकारको समपुरक अनुदानमा गाउँपालिकाबाट निर्माण भएको ठाडीखोला पक्की पुल र बसन हात्तीसुढे झोलुङ्गे पुल उद्घाटन गरेका छन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे लगायत नेताहरूको सहभागिता रहेको थियो । पुल र झोलुङ्गे पुल निर्माणपछि आवागमन सहज हुनुका साथै कृषि उपजको बजारीकरणमा समेत सहयोग पुग्ने अध्यक्ष खनालले बताए ।