मुख्य खबरसमाचारफिचर

हेल्प डेस्क मकवानपुरलाई सहयोग प्राप्त

संवाददाता

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले सञ्चालन गरेको पल्पसा आइसोलेशन सेन्टरलाई नेपाली कांग्रेस मकवानपुरका सभापति तथा बागमती प्रदेश सभाका प्रतिपक्षि दलका नेता  ईन्द्र बहादुर बानियाँले ६० हजार नगद सहयोग गरेका छन् ।

May be an image of ‎5 people, people standing and ‎text that says '‎ﷺ पसा आइसोलेशन सेन्टर हेटौडा-२, मकवानपुर सिड़् स्टेशन‎'‎‎

त्यस्तै हेल्प डेस्कलाई सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आर्थिक सहयोग प्राप्त भएको छ । राप्रपाका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई १७ हजार हस्तान्तरण गरेका छन् । कार्यक्रममा राप्रपा मकवानपुरका नेता कार्यकर्ता र हेल्प डेस्कका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

डेक्सलाई सोमबार हेटौंडामा रहेको सुखसमृद्धि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुशिला पाण्डेले संस्थाको तर्फबाट सहयोग गरकी छिन् भने होटल व्यवसायी भागिरथ शर्माले पल्पसा आइसोलेशन सेन्टरलाई १० किलो कुखुराको मासु सहयोग गरेका छन् ।