मुख्य खबरसमाचारफिचर

विपक्षी दलहरूको अवरोध पश्चात सभा बैठक स्थगित

संवाददाता

खबरबाकस \ बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ ।
विपक्षी दलहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको हो । बैठक सुचारू भए लगतै विपक्षी दलका सांसद उठेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्षि दल माओवादीका नेता शालिकराम जम्कटेललाई बोल्न समय दिनुभएको थियो ।

उहाँले मूख्यमन्त्रीसंग बजेटमा भएका असन्तुष्टिबारे छलफल नभइ बैठक अघि नबढाउन सभामुखसंग आग्रह गर्नुभएको थियो । त्यसपछि सभामुख श्रेष्ठले बस्न अनुरोध गरेपनि सांसदहरूले उठेर अवरोध कायम गरेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

शनिबार बजेट विनियोजन असन्तुलित भएको भन्दै नेकपा माओवादी, नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले अवरुद्ध गरेका थिए । आइतबार पनि बैठक संचालनका लागि छलफल भएपनि सहमति नजुट्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।