मुख्य खबरसमाचारफिचर

बागमती प्रदेशसभा बैठक दिउँसो बस्दै

संवाददाता

 बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार दिउँसो बस्ने भएको छ । २ दिनदेखि अवरुद्ध बैठक दिउँसो १ बजेका लागि बोलाईएको हो ।

दलहरुबीच सहमति नजुट्दा बैठक बोलाईएपनि बस्ने नबस्ने एकिन भने छैन । बजेटमा विरोध जनाउँदै शनिबार विपक्षी दलले सदन अवरुद्ध गरेका थिए । सोमबार पनि विहान ११ बजेका लागि बोलाईएको बैठक दिउँसो ३ बजेका लागि सारिएकोमा अन्तिममा स्थगित गरिएको थियो ।
सभामुख सानुकुमार श्रेष्ठसहितको छलफलमा सहमति नजुटेपछि सोमबार सहमति जुट्ने अपेक्षा अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाईएको छ । बैठक बसे विनियोजन विधेयकमाथिको छलफल अघि बढ्ने छ ।