मुख्य खबरसमाचारफिचर

प्रतिनिधिसभा विघटनबारेको रिटको बहस आज सकिँदै

संवाददाता

काठमाडौं \  प्रतिनिधिसभा विघटनविरूद्ध दायर भएका रिटमाथिको बहस आज सकिँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भईरहेको बहसमा आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकेका थिए ।

सोमबार रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस गर्ने छन् । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्नेछन् र उनीहरूको बहस एमिकस क्युरीले राय दिनेछन् । उनीहरूको बहससँगै सबै सुनुवाइ सकिनेछ ।
असार ९ गते प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा ३० वटा रिट परेपछि संवैधानिक इजलासमा सुनुवाइ भईरहेको छ ।