मुख्य खबरसमाचारफिचर

दलीय सहमति नजुटे पछि बागमती प्रदेशसभा बैठक स्थगित

संवाददाता

 खबरबाकस \ बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। आइतबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक दलीय सहमति नभएको भन्दै स्थगित गरिएको हो। यसअघि बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक दलहरुबीच बैठक सञ्चालनबारे सहमति नजुट्दा दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो।

अब सभाको बैठक भोलि सोमबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ बताउनुभयो । उहाँले ले सरकारपक्ष र प्रतिपक्षको सहमतिमा भोलिसम्मको लागि संसद बैठक स्थगित भएको बताउनुभयो ।

प्रदेश सरकारले असन्तुलित ढंगले गुटगत बजेट ल्याएको भन्दै सत्तापक्ष र प्रतिपक्षले सरकारको विरोध गर्दै आएका छन्। बजेट प्रति असन्तुष्टि जनाउदै प्रतिपक्षी दलहरुले शनिबारको बैठकमा अवरुद्ध गरेपछि प्रदेश सरकार सहमति जुटाउने प्रयासमा लागेको छ। सत्तापक्षबाटै असन्तुष्टिको आक्रोश खेपिरहेको प्रदेश सरकारलाई बजेटप्रति रुष्ट बनेका प्रतिपक्षीलाई पनि फकाउनुपर्ने बाध्यता छ ।