मुख्य खबरसमाचारफिचर

लागुऔषध सुधार केन्द्र संचालक गाँजा सहित पक्राउ

संवाददाता

 खबरबाकस \ जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको अनुगमन टोलिले लागु औषध सुधार केन्द्रका सञ्चालक गाजाँ सहित पक्राउ गरेका छन् ।

हेटौंडा वडा नम्बर ९ मा रहेको दिपकला प्रतिष्ठान सुधार केन्द्रमा अनुगमन गर्ने क्रममा सोही सुधार केन्द्रका संचालक हेटौंडा ४ बस्ने राजिव नरसिंह श्रेष्ठ र वडा नम्बर ९ बस्ने जोएल श्रेष्ठमाथी चेकजाँच गर्दा सोही केन्द्रका संचालक राजिव नरसिंह श्रेष्ठको खल्ती भीत्र प्लास्टिकले बेरी लुकाई छिपाई राखेको गाँजा २ ग्राम र कोठामा झुन्डाईरहेको लेदरको ज्याकेटमा लागुऔषध गाँजा १ ग्राम समेत गरी जम्मा ३ ग्राम लागुऔषध गाँजा पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक देवेन्द्र दासले बताए । उनीलाई नियन्त्रणमा लिईथप अनुसन्धान भईरहेको दासले बताए ।

No description available.

त्यस्तै, मकवानपुर प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा मनहरीबाट हेटौंडा आउदैं गरेको ना २ ह ३४६८ नम्बरको अटोबाट १० किलो ७४० ग्राम गाँजा सहित अटो चालक राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का सुदीप मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता दासले बताए ।