
हेटौंडा \ मकवानपुरमा यसअघिदेखि जारी रहेको निषेधाज्ञा पुनः थपिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले कोभिडको जोखिम अझै रहेकालाई असार ३१ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रजिअ भरत मणी पाण्डेले बताउनुभयो । यसअघि निषेधाज्ञाका लागि तोकिएका व्यवसाय र क्षेत्र साविक अनुसार नै संचालन हुने र यातायात सवारीको बारेमा भने निर्णय भइनसकेको जनाईएको छ ।








