
खबरबाकस \ शनिबार बसेको बागमती प्रदेशसभाको बैठकले एउटा विधेयक पारित गरेको छ भने थप २ वटा विधेयक दफावार छलफलका लागि स्वीकृति प्रदान गरेको छ ।
प्रदेशसभाले छलफलका लागि स्वीकृति प्रदान गरेर प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि अर्थ तथा विकास समितिले गरेको निर्णयसहितको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । प्रस्ताव पारित भएसँगै उक्त विधेयक ऐनको अंग बन्नेछ ।
त्यस्तै प्रदेशसभा सचिवालयमा दर्ता भएको उच्च शिक्षा विधेयक र प्रदेश पर्यटन माथि छलफलका लागि ३ वटा विधेयक माथि छलफल भएको छ । बैठकमा प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका स्वीकृति प्रदान गरेको छ ।
२ वटै विधेयक माथि प्रदेशसभामा छलफलका लागि पेश गरीएको थियो । छलफलमा दलगत रुपमा प्रदेशसभाका सदस्यहरुले भाग लिएका थिए । प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल गर्दै प्रतिपक्ष दलका सांसदहरुले विषम परिस्थितीमा पनि पर्यटन क्षेत्रहरु संचालन हुन सक्ने, जीविकोपार्जनमा केन्द्रीत, उत्पादनमुखि र आर्थिक विकासमा टेवा पुग्ने प्रकृतिको ऐन बन्नु पर्ने धारणा व्यक्त गरेका थिए । बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले विधेयक माथि आएका सुझावको उचित मुल्याङ्कन गरी आवश्यक कारवाही गर्ने बताए ।








