मुख्य खबरफिचर

पहिरोको कारण हेटौंडा–काठमाण्डौं जोड्ने सबै सडक अवरुद्ध

संवाददाता

हेटौंडा / तीन दिन देखि परेको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाण्डौ जाने चार वटै सडक ठाउँ ठाउँमा अवरुद्ध भएको छ । भीमफेदी–कुलेखानी सडक, त्रिभुवनराजपथ, कान्तिलोकपथ र मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चारवटै सडक अवरुद्ध भएपछी यस सडकबाट सवारीका साधन ओहोर दोहोर गर्न पाएका छैनन् । हेटौडा भैसे सडक खण्डमा भिमफेदी गाउँपालिका वडा नम्बर– १ बाघझोरा, भैसे भिमफेदी फाखेल र सिस्नेरी सडक खण्ड भिमफेदी गाउँपालिका वडा नम्बर–२ पान्द्राङ, भिमफेदी गाउँपालिका वडा नम्बर–६ गढी, देउराली, ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर– ४ महालक्ष्मीखोला, ईन्द्रसरोवर–२ कुलेखानी र कान्तिलाेकपथ अन्तरगत भिमफेदी–८ पिचनै बगाएको, ललितपुरको  भट्टेडाडा क्षेत्रमा पहिरो गएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यता त्रिभुवन  राजपथ अन्तरगत भैसे पालुङ नौबिसे सडक खण्डमा भिमफेदी गाउँपालिका वडा नम्बर–९ अघोर, थाहा नगरपालिका वडा नम्बर–६ खानीगाउँ, थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँमा सडक अवरुद्ध भएको छ । यसैगरी पूर्वपश्चिम  राजमार्ग अन्तरगत मुग्लिन नारायणगढ सडकखण्ड पनि  अवरुद्ध भएको छ ।