मुख्य खबरसमाचारफिचर

सिन्धुपाल्चोक बाढी प्रभावित क्षेत्रको स्थलगत प्रतिवेदन सभामा पेश

संवाददाता

खबरबाकस \ असार १ गते देखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक लगायत प्रदेशका अन्य जिल्लामा भएको धनजनको क्षतिको स्थलगत भ्रमण पश्चात तयार पारिएको प्रतिवेदन बागमती प्रदेश सभामा पेश गरिएको छ । प्रदेश मामिला समितिका सभापति माधब प्रसाद पौडेलले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा आएको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणको प्रतिवेदन सभामा पेश गरेका हुन् ।

सभापति पौडेलले अविरल वर्षाका कारण ठुलो धनजनको क्षति हुनुका साथै ५ जनाको मृत्यु र हाल सम्म २० जना बेपत्ता भएको बताए । उक्त बाढीले चौपाया सहित खेतियोग्य जमिन कटान गरि बगाएको छ । विपतमा परि ज्यान गुमाएका परिवार र अन्य स्थानीयलाई यथाशक्य राहतको व्यवस्था मिलाउन सरकार समक्ष पौडेलले माग गरेका छन् । उनले यस्ता विपतका समयमा आइपर्ने समस्याको समाधानको लागि तत्कालीन र दीर्घकालीन सोच बनाइ काम गरिनुपर्ने बताए ।