
हेटौंडा \ बागमती प्रदेश राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जानका लागि त्रिभुवनराजपथ मात्रै संचालनमा रहेको छ । मकवानपुरका अन्य सडकमा पहिरो गएर अवरुद्ध भएकाले त्रिभुवनराजपथ मात्रै संचालनमा रहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।
भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको सडक अन्तरगत भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी–६ जुरिखेत, चिसापानीगढी, इन्द्रसरोवर–२ देउरालीदेखि हेबी सम्मको विभिन्न स्थानको पहिरो गएकाले यातायात अवरुद्ध रहेको छ । त्यस्तै, कान्तिलोकपथ अन्तर्गत भिमफेदी–८ गंगटेको पहिरो अझै हटाउन नसकिएकाले सडक संचालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले जनाएको छ ।








