मुख्य खबरसमाचारफिचर

प्रदेशसभामा राजस्व र व्ययमाथि छलफल

संवाददाता

हेटौंडा \  बागमती प्रदेशसभामा बिहीबार राजस्व र व्ययमाथि छलफल भएको छ । बिहीबार ३ बजेबाट शुरू भएको बैठकमा २०७८र०७९ को अनुमानित राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको हो ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले अनुमानित राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरू गर्दै विभिन्न दलका प्रदेश सदस्यले आफ्नो आफ्नो भनाइ राखेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ मन्त्री ढुंगेलले शुक्रबार दिने भएका छन् । सभामुख सानुकुमार श्रेष्ठले आजको छलफललाई स्थगित गरी भोली शुक्रबार १२ बजेलाई बैठक बोलाइएको छ ।