मुख्य खबरसमाचारफिचर

प्रदेशसभा बैठकमा ३ विधेयक पेश

संवाददाता

हेटौंडा \  बागमती प्रदेशको बिहीबारको प्रदेशसभा बैठकमा ३ विधेयक पेश भएका छन् ।  बैठकमा अर्थ तथा विकास समितिका सदस्य सांसद विजय सुवेदीले सार्वजनिक सडक तथा परिवहनसम्बन्धि समितिको प्रतिवेदनसहितको विधेयक पेश गरेका थिए ।

त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकास मन्त्री सरस्वती बस्नेत प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेकी छिन् । बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्री केशवराज पाण्डेले प्रदशका विभिन्न जिल्लामा बर्षाका कारण भए जनधनको क्षति र उद्धार कार्यबारे जानकारी दिएका थिए ।