मुख्य खबरसमाचारफिचर

हेटौंडामा वन अतिक्रमण नियन्त्रण र व्यवस्थापन विषयक छलफल

संवाददाता

खबरबाकस \ डिभिजन वन कार्यालय मकवानपुरको आव ०७७/०७८को वार्षिक कार्यक्रम अनुसार वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम बुधबार भएको छ । प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेको छलफलले वन वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय सरकारको जिम्मेवारी बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । स्थानीय सरकार र स्थानीय सरोकारवालाहरुले वन अतिक्रमण रोक्न भूमिका खेल्नुपर्ने भन्दै बैठकले राजनितिक दलको प्रतिवद्धता रहनुपर्ने समेत निष्कर्ष निकालिएको थियो ।

विगत दश वर्ष अघि गठन भएको वन कार्य नीति पुरानो भएको यसलाई संशोधन गरी थप वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापनमा लाग्नुपर्ने बैठकमा सहभागिले सुभाव दिएका थिए । छलफलको क्रममा डिभिजन वन कार्यालय मकवानपुर, हेटौंडा कार्यक्षेत्र भित्र रहेका सरकारी वन क्षेत्र, समुदायद्धारा व्यवस्थित वन क्षेत्रमा भएको अतिक्रमणको अभिलेख सम्बन्धीत वन कार्यालय मकवानपुरले अध्यावधिक गर्ने निर्णय भएको छ ।

यस्तै वन क्षेत्रमा निजी हक स्थापित गर्ने मनसायले नयाँ खनजोत गर्ने, घरछाप्रो बनाउने तर्फ रोकथाम गर्नका लागि प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउन स्थानीय तहहरु त्था सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा मकवानपुरलाई त्यस्ता गतिविधिहरु हुन नपाउने गरी सहजीकरण गर्न अनुरोध गरिएको छ । त्यस्तै अतिक्रमण क्षेत्रको व्यवस्थापन सम्बन्धमा अतिक्रमण खाली गराएको वन क्षेत्रमा वन क्षेत्र पुनस्थापित गराउनको लागि वन कार्यालय मकवानपुरले आवश्यक पहल गरी थप सुरक्षा जनशक्ति आवश्यक भएमा स्थानीय प्रशासनको सहयोग लिएर कार्यान्वयन गराउन अनुरोध गरिएको छ ।

छलफल कार्यक्रममा जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, प्रहरी उपरिक्षक सोमेन्द्र सिं राठौर, मालपोत अधिकृत रामचन्द्र भण्डारी , नापी कार्यालय प्रमुख पूर्णहरी सुवेदी, नेकपा एमाले अध्यक्ष मुनु सिग्देल, माओवादी केन्द्रका अध्यक्ष प्रेम बहादुर पुलामी, नेपाली कांग्रेस जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल, राप्रपा मकवानपुरका सिताराम बर्तौला, डिभिजन वन कार्यालय प्रमुख इमनाथ पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिती रहेको थियो ।