मुख्य खबरसमाचारफिचर

मनहरीमा बोलेरो गाडी दुर्घटना, चालकको मृत्यु

संवाददाता

खबरबाकस \ मकवानपुरको मनहरीमा कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मुल सडकबाट करिब ५० फिट तल खस्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरे स्थित पुर्व पश्चिम सडक खण्डमा आज विहान बोलेरो गाडी सडकबाट खोल्सामा खसेको हो । चालकको मृत्यु भएको र यस्तै उक्त बोलेरोमा सवार बारा जिल्ला महागढी नगरपालिका वडा नम्बर ४ का ३२ बर्षीय केदारनाथ थारु गम्भिर घाइते भएका छन् । घाइते थारुलाई उपचारको लागी भरतपुर पठाईएको प्रहरीले जनाएको छ । । बिरगंजबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ३–०१–००२४ च १४३० नम्बरको कुखुरा बोकेको बलेरो गाडी सडकबाट खोल्सामा खस्दा चालकको मृत्यु भएको हो ।