
हेटौंडा \ मकवानपुरमा जारी निषेधाज्ञा पुनः थप गर्दै असार २१ गतेसम्म कायम गरिएको छ। जिल्लामा कोरोनाको जोखिम कायमै रहेकोले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा थप गर्दै असार २१ गतेसम्म कायम गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
थप गरिएको निषेधाज्ञामा प्रेस, फोटो स्टुडियो, फोटोकपी सेन्टर बिहान १० बजेबाट ४ बजेसम्म खोल्न पाइने भएको छ भने कस्मेटिक, सुनचाँदी, जुत्ता चप्पल, फर्निचर मध्यान १२ बजेबाट ४ बजेसम्म खोल्न पाइने भएको छ। अन्य व्यवसाय भने अघिल्लो पटकको निर्णय बमोजिम खाद्यान्न विहान १० बजे सम्म भने अन्य व्यवसाय १२ बजे देखि ४ बजे सम्म सञ्चालन हुने छ ।
यातायात सवारीसाधनको हकमा भने निजी सवारी साधानमा जोरविजोर लागु हुनेछ भने अन्य सार्वजानिक साधनहरु सञ्चालनमा रोक लगाइएको छ ।








