मुख्य खबरसमाचारफिचर

प्रहरीलाई १२ भ्यान १६ वटा मोटरसाइकल हस्तान्तरण

संवाददाता

 खबरबाकस  \ बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेशका १० जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई १२ थान भ्यान र १६ थान मोटरसाइकल प्रदान गरेको छ ।

हेटौंडामा शुक्रबार बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले बागमती प्रदेश प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामालाई र मातहतका जिल्ला तथा प्रहरी कार्यालय प्रमुखलाई सवारी साधन हस्तान्तरण गर्नुभएको थियो ।

भ्यान र मोटरसाइकलको चाबी हस्तान्तरण गर्दै सुरक्षा र सुशासनमा सहज पुग्नलाई प्रदेश सरकारले सवारी साधान प्रदान गरिएको मन्त्री पाण्डेले बताउनुभयो । कार्यक्रममा मन्त्रालयका मदन भुजेल, बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी मिरा चौधरी, विभिन्न जिल्ला तथा प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।