मुख्य खबरसमाचारफिचर

वडा अध्यक्ष र सदस्यबाट मन्दिरलाई वासिङ मेसिन सहयोग

संवाददाता

हेटौंडा \ हेटौंडा-६ का वडा अध्यक्ष र सदस्यबाट मन्दिरलाई वासिङ मेसिन सहयोग सहयोग गरेका छन् । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र वडा सदस्य राजकुमार बास्तोलाले हेटौंडा–६ गौरीटारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरलाई ५२ हजार रुर्पैया मूल्यको वासिङ मेसिन सहयोग गरेका हुन् ।

वडा अध्यक्ष चौलागाई र सदस्य बास्तोलाले सहयोग सामग्री मन्दिरको वाईजुराज समितिकी अध्यक्ष शुभद्रा खतिवडालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव खतिवडासहित अन्य प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

वडा अध्यक्ष चौलागाईले मन्दिरको स्वागत गेट निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । वासिङ मेसिन सहयोग प्राप्त भएपछि मन्दिरका पर्दा, तकियाका खोल, तन्दासहितका कपडा धुन सहज हुने जनाईएको छ ।