
हेटौंडा \ नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दललाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेश सरकारले आफै आम संचारगृह संचालन गर्न बजेट विनियोजन गरेकोप्रति कांग्रेस संसदीय दललाई पत्रकार महासंघले ध्यानाकर्षण गराएको हो ।
पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटासहितको टोलीले संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा महासंघले प्रदेश सरकारले आम संचारगृह संचालन गर्ने निर्णय फिर्ता गर्न भुमिका खेल्न नेपाली कांग्रेसलाई आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै बानियाँले सरकारले संचारगृह संचालन गर्ने निर्णय गलत भएकोमा कांग्रेस स्पष्ट रहेको भन्दै यसका लागि कांग्रेसले संशोधन प्रस्ताव दर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।








