
बागमती प्रदेश सरकारको आव २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रमका विषयमा छलफल गर्ने क्रममा शुक्रबार नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीले देश खाइसके त्यसैले देशमा कोही नाथुराम गोट्से जस्ता व्यक्ति आवश्यक परेको छ भन्दै दिएको विवादित अभिव्यक्ति प्रति आत्म आलोचना गरेका छन् ।
शनिबार सभामुख सानुकुमार श्रेष्ठसँग समय माग्दै वैद्यले मैले छलफलको क्रममा बोलेको कुरा समाचार र सामाजिक सञ्जालमा आएका प्रतिक्रियालाई मनन् गर्दै आत्मआलोचना गर्दछु । वाक स्वतन्त्रताको प्रयोग गर्दै अलि आवेग र भावनामा बगेर प्रधानमन्त्री प्रति बोलेको केहि शब्दले आफुप्रति असहज महशुस भएको र पार्टीबाट आत्मआलोचना गर्न समेत निर्देशन भएकोले रोष्टमबाटै आत्मआलोचना गर्दै रेकर्डबाट समेत हटाउन माग गरेक थिए ।
सभामुख श्रेष्ठले अभिव्यक्ति फिर्ता लिएकाले प्रदेश सभा नियमावली २०७४ नियम २३ उपनियम २ बमोजिम सभामा स्पष्टिकरण समेत दिनुभएकोले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन समेत दिएका छन् ।








