मुख्य खबरसमाचार

मन्त्री महत्तोलाई वर्खास्त गर्न जागरण अभियानको माग (विज्ञप्ती सहित)

संवाददाता

देश विखन्डनको अभिव्यक्ती दिने राष्ट्रघाती राजेन्द्र महत्तोलाई मन्त्री पदबाट वर्खास्त गरिनुपर्ने माग गरिएको छ । मकवानपुर जागरण अभियान नेपालले प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद र सत्ता जोगाउनको लागि राष्ट्रघाती महत्तोलाई मन्त्री बनाइएकोले खेद प्रकट गर्दै कारवाही नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएको अभियानका अध्यक्ष कृष्ण कोइरालाले बताए ।

विज्ञप्ती

बिषय -: प्रेस विज्ञप्ती

नेपाललाइ एकल राज्य मान्न हामि तयार छैनौ, नेपाल बहुराष्ट्रीय राज्य हो, पहाड र तराइ अलग अलग राज्यहरु हुन भन्ने सुत्र इन्डियाले आफ्ना दुतहरु मार्फत तराइमा नियोजित रुपमा घुसायर देश टुक्रा टुक्रा पार्ने हेतु गोप्य रुपमा प्रशिक्षणहरु दिदै आइरहेकोछ। बिगत लामो समय देखि सिके राउत, महन्त ठाकुरहरुले तराइलाइ छुट्टै देश बनाउन आफ्नो राजनीतिक दस्ताबेज मै यो मुद्दालाइ समेटेकाछन, यो कुरा कुरा घाम जत्तिकै छर्लङ्ग छ।

यो सबै गतिबिधि देख्दा देख्दै प्रधानमन्त्री केपि ओलिले आफ्नो पद जोगाउनकै लागि देश बिखन्डनको अभिवेक्ति दिने राष्ट्रघाती राजेन्द्र महतोलाइ मन्त्री पदमा नियुक्त गर्नु अत्यन्त लज्जास्पद र खेदजनक छ। रास्ट्र बिखण्डनको अभिवेक्ति दिने राजेन्द्र महतोलाइ तत्काल मन्त्री पदबाट बर्खास गरि राज्य द्रोहको मुद्दामा जेल चलान गर्न समेत (मकवानपुर जागरण अभियान नेपाल) जोडदार माग गर्दछ। अन्यथा हामि सम्पुर्ण रास्ट्रबादि शक्ति र देश भक्त शक्तिहरु मिलेर यो कोरोना महामारी को बिचमा पनि आन्दोलन मा होमिन बाध्य हुनेछौ।

अध्यक्ष :- कृष्ण राज कोइराला