
विश्वभरी फैलिरहेको कोरोना भाईरस कोभिड १९ संक्रमित भै आफ्नै होम आइसोलेसनमा बसिरहेका आर्थिक अवस्था कमजोर भएका संक्रमितहरुको घरमा पुगेर डिसइनफेक्सन गर्ने काम नेपाल स्काउटले गरेको छ । विहीबार हेटौंडा लेडी जेसीजको आयोजना, तथा नेपाल स्काउट बागमती प्रदेशको सहकार्यमा र स्काउट हेटौंडा उपमहानगर समितिको सहयोगमा सबैभन्दा बढी हेटौंडा ४ वडामा कोभिड संक्रमितको घरघरमा पुगेर डिस्इनफेक्ट गरिएको हो।
हेटौंडा ४ नम्बर वडाको अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सामाग्री हस्तान्तरण गरिएको थियो । निभव पोलि क्लिनिकका डा नरेन्द्र कुमार झा बाट २५ लिटर औषधि ,२ थान वासेबल पिपिइ यसै गरि मकवानपुर भेट एण्ड डाइग्नोसिस सेन्टर हेटौंडा ७ बाट ५ लिटर औसधि गरि ५० हजार बराबरको औषधि उपलब्ध गराएका थिए । र आवश्यकता अनुरुप उपलब्ध गराउदै जाने जेसीज अध्यक्ष प्रतिमा श्रेष्ठले बताइन।
कार्यक्रममा नेपाल स्काउट बाग्मती प्रदेश सदस्य अशोक सारु मगर, हेटौडा लेडी जेसीजका पूर्व अध्यक्ष रश्मि बस्नेत , हेटौंडा जेसिजका अध्यक्ष लिसेन बस्नेत, नेपाल स्काउट हेटौंडा उपमहानगर समिति संयोजक दिपेन्द्र रोक्का, नेपाल स्काउट बाग्मती प्रदेश सदस्य असोक सारु मगर तथा जेसिजका पदाधिकारीहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रम मन्जु मैनालीको संयोजकत्वमा भएको थियो।








