मुख्य खबरसमाचार

अटो एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री सहयोग

संवाददाता

हेटौडा लेडी जेसीजको आयोजना एवं युवा व्यवसायी राजु अधिकारीको सहयोगमा हेटौडा उपमहानगरपालिकामा संचालित ३६ जना अटो एम्बुलेन्स चालकलाई मंगलबार पीपीई र स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

एक कार्यक्रमकाबीच अटो एम्बुलेन्सका चालकलाई स्वास्थ्य सुरक्षाका सामग्री ३६ थान वासेबल पीपीइ, ३६ पाकेट मास्क, ३६ पिस फेससिल्ड र २० लिटर सेनीटाइजर हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले हस्तान्तरण गरेका थिए । धोएर पुन प्रयोग गर्न मिल्ने खालको पीपीइ लगायत स्वास्थ्य सामग्री ९० हजार बराबरको व्यवस्था गरिएको हेटौडा लेडी जेसीजका अध्यक्ष प्रतिमा श्रेष्ठले बताइन् ।

कार्यक्रममा हेटौडा लेडीजका पूर्व अध्यक्ष जेसी रश्मि बस्नेत, हेटौडा जेसिजका अध्यक्ष लिशेन बस्नेत, कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेल, निवर्तमान अध्यक्ष राजु अधिकारी, अटो व्यवसायी संघका अध्यक्ष भीमप्रसाद गौतम, महासचिव नवराज घिमिरे, अटो एम्बुलेन्स चालकहरु, जेसिज पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।