
मकवानपुरमा शनिबार थप ३० जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा १० गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा संकलित ७१ जनाको स्वाब परिक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन् ।
कोरोना पुष्टि हुनेमा कैलाश गाउँपालिका र मनहरीका एकएक जना छन् भने बाकीँ सबै हेटौंडा उपमहानगरका रहेका छन् । संक्रमित मध्ये १२ महिला र १८ पूरुष रहेका छन् ।








