
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। हेटौंडा २ सिद्धार्थपथमा रहेको कृषि सामाग्री संस्थानको कम्पाउन्ड भित्र अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुल्ने नसकेको तर सामाग्री संस्थानको गोदाममा ज्याला मजदुरी काम गर्ने गरेको र क्षयरोगको बिरामी भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताउनुभयो । घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।








