
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले बिहिबार पनि संक्रमितको मनोबल बढाउन संक्रमितको घरमै गई स्वास्थ्यवर्दक च्यावनप्रास, मेडिकल माक्स र औषधी वितरण गरेको छ । बिहिबार हेटौंडा १५ र १७ मा गरिएको घरदैलो कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा सहित हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, हेल्प डेस्कका सदस्यहरु भुवनलाल श्रेष्ठ, सरोज खनाल, मउवासंघका कोषाध्यक्ष अनिल अग्रवाल, अनमी दिव्या बस्नेत र सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी जवान लिला गुरौको घरदैलो कार्यक्रममा सहभागिता रहेको थियो ।
सञ्चारकर्मीहरु सँग छलफल गर्दै हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले हालसम्म प्राप्त सहयोगहरुबारे जानकारी गराउ“दै ६ दिनसम्म घरदैलो कार्यक्रम गर्दाको अनुभव र आवश्यक्ताको बारे जानकारी गराएका थिए । छलफलमा हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने र हेटौंडा ११ का वडा अध्यक्ष गोकर्ण पराजुलीले आफ्ना वडामा भएका काम र अवस्था बारे जानकारी गराएका थिए ।
डेस्कका सदस्य सरोज खनालले घरदैलो गर्दाको अनुभवहरुबारे बताउनु हु“दै संक्रमितको बानी व्यहोरा सुधार्न जरुरी रहेको र जनप्रतिनिधिहरुले विशेष ध्यान दिनुपर्ने बताएका छन् । छलफलमा कोभिड हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्यहरु भुवनलाल श्रेष्ठ, बासु खतिवडा, सरोज खनाल, नारायण श्रेष्ठ, अञ्जली थापा, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।
कोभिड हेल्प डेस्क मकवानपुरबाट बिहिबार ३ सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको छ । अक्सिजन सिलिण्डर हेटौंडा–६, रंगशालाका एकजना, हेटौंडा–२, कान्तिराजपथका एकजना र रजैया, मकवानपुरका एकजनालाई वितरण गरिएको हो ।
त्यस्तै डेक्स संयोजक कृष्ण कटुवालको नेतृत्वको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डे र प्रहरी प्रमुखहरुलाई कोभिड हेल्प डेस्क मकवानपुरले हालसम्म गरेको गतिविधिबारे जानकारी गराएको छ ।








