
हेटौंडाका व्यवसायी सिताराम बर्तौलाले कान्छीदेवी/सिताराम बर्तौला, बुहारी/छोरा सुष्मा/शिवजी बर्तौला तथा बिन्जु/ओम बर्तौला र नातिनी नाति साइना, सनैया, सुभान्सु बर्तौला–ओम साइराम’ नाम रहने गरी कोभिड हेल्प डेस्क मकवानपुरलाई सेवा कार्यको लागि रु. एकलाख नगद सहयोग गरेका छन् ।मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना गरी सञ्चालित हेल्प डेक्सलाई उक्त रकम सहयोग गरेका हुन् । बर्तौलाले मंगलबार संघका अध्यक्ष कृष्ण कटुवाललाई हस्तान्तरण गर्नुभएको हो ।
आजै कोभिड हेल्प डेस्क मकवानपुरबाट २ थान अक्सिजन सिलिण्डर निःशुल्क वितरण गरिएको छ । अक्सिजन सिलिण्डर हेटौंडा १० कर्रामा एक थान र हेटौंडा ६, रंगशालामा एक थान पठाइएको सचिवालय स्रोतले जनाएको छ ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले मंगलबार पनि संक्रमितको मनोबल बढाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्नआग्रह गर्दै यथोचित सहयोग गर्ने आश्वासनको लागि संक्रमितको घरमै गई स्वास्थ्यवर्दक च्यावनप्रास तथा मेडिकल माक्स वितरण गरिएको थियो । हामी आज कोरोनाको कारण दुई जना मृतकको घरमा पनि टोली पुगेके थियौं सचिवालय संयोजक कृष्ण कुमार गुप्ताले भने ।
उनले घरदैलो कार्यक्रममा हेटौंडा उपमहानगरका उपमेयर मिना लामाको पनि उपस्थिति रहेको थियो । हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, डेस्कका सदस्यहरु सरोज खनाल, भुवनलाल श्रेष्ठ, बासु खतिवडा, रामकुमार एलन, राम विष्ट, सिनियर अहेब प्रविन पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी जवान लिला गुरौ, राजाराम बोगटीलगायतको सहभागिता रहेको थियो ।








