
मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना भएको कोभिड हेल्प डेस्कबाट सोमबार २ थान अक्सिजन सिलिण्डर निःशुल्क वितरण गरिएको छ । हेटौंडाका दुइ जना लाई वितरण गरिएको हो । कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले सोमबार पनि संक्रमितको मनोबल बढाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्नआग्रह गर्दै यथोचित सहयोग गर्ने आश्वासनको लागि संक्रमितको घरमै गई स्वास्थ्यवर्दक च्यावनप्रास तथा मेडिकल माक्स वितरण गरिएको हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताले बताए ।
चौकीटोलस्थित प्रहरी चौकीलाई पनि २०० थान माक्स सहयोग गरिएको छ । संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीमा हेल्प डेस्कका सदस्यहरु सरोज खनाल, भुवनलाल श्रेष्ठ, बासु खतिवडा, शंकरलाल श्रेष्ठ, रामकुमार एलन, सिनियर अहेब प्रविन पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार टोप बहादुर कुमाललगायतको सहभागितामा भएको घरदैलो कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेले सहजिकरण गरेका थिए ।
व्यवसायी अनिलभक्त श्रेष्ठले १५ लिटर मट्टितेल कोभिड हेल्प डेस्क मकवानपुरलाई सहयोग गरेका छन्। त्यसैगरी सोमबार ७२ जना कोभिड संक्रमितहरुलाई फोन सम्पर्क मार्फत उनीहरुको अवस्था बुझ्ने र समस्या परेमा सम्पर्क गर्न आग्रह गरिएको संयोजक गुप्ताले बताए । त्यस्तै हेटौंडा अस्पताल परिसरमा संचालित हेल्प डेस्कको लागि ५ लिटर सेनिटाइजर, माक्स २५० थान, पिपिई २ सेट, फेस सिल्ड १० थान, मट्टितेल ५ लिटर र सवारी इन्धनको लागि रु. पाँच हजार हस्तान्तरण समेत गरिएको गुप्ताले बताए ।








