
खबरबाकस \ कोभिड १९ को महामारीमा अस्पतालमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीलाई पौष्टिक आहार सहयोग भएको छ । शुक्रबार तरुण दल नगर समितिले हेटौंडा अस्पतालमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीहरुलाई पौष्टिक आहार वितरण गरिएको हो ।
तरुण दल हेटौंडा उपनगरका अध्यक्ष सुनिल गिरीले उक्त सामान अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई हस्तान्तरण गरेका थिए । नगर तरुण दल कार्यसमितिको सहयोगका आहार वितरण गरिएको अध्यक्ष गिरीले बताए । 'हामीले स्वास्थ्यकर्मीहरुलाई २८ क्रेड अण्डा, चार कार्टुन जुस, एक हजार थान मास्क र ग्लुकोच एक सय बट्टा सहयोग गरेका हौं' गिरीले भने ।
यस अघिपनि आइसोलेसन र स्वाब संकलन केन्द्र गोरक्षेश्वरमा पानी वितरण गरिसकेका छन् । अवस्था हेरी आगामी दिनहरुमा पनि सहयोग गरिने अध्यक्ष गिरीले बताए ।








