मुख्य खबरसमाचार

मकवानपुरमा थप १११ जनामा कोरोना पुष्टि

संवाददाता

मकवानपुरमा विहीबार १११ जना कोरोनाका संक्रमित थपिएका छन् । २२४ जनोको स्वाव परिक्षण गर्दा १११ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ५ का १६ जना रहेका छन् । त्यस्तै मकवानपुरगढीका २ जना, मनहरीका ३ जना, भीमफेदीका १ जना, राक्सिराङको १ र जिल्ला बाहिरको ५ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएकाछन् ।

संक्रमित मध्ये ५६ महिला, ५५ पूरुष, ९ बालबालिका, ३ जना ७५ वर्षमा माथिका जेष्ठनागरिक रहेका छन् ।

No description available.