मुख्य खबरसमाचार

राष्ट्रिय सभा उपनिर्वाचनः मोवाईल, क्यामेरा प्रयोगमा बन्देज

संवाददाता

 खबरबाकस \ राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका उम्मेदवार र निर्वाचान अधिकृत, मतदान अधिकृत, पार्टीप्रतिनिधि र सञ्चारकर्मीबीच छलफल भएको छ । बुधबार मतदान केन्द्र भुटनदेवी माध्यामिक विद्यालयमा भएको छलफलबाट मतदान गर्दा अपनाउने नियमहरु तयार पारिएको छ ।

मतदान केन्द्रमा कोरोना पोजेटिभ मतदाता र अन्य मतदातालाई छुट्टै गेटको प्रयोग गरी मतदान गर्ने व्यवस्था गरिने, गोप्य मतदान भएकाले मोवाईल, क्यामेरा प्रयोगमा बन्देज, मादक पदार्थ सेवन गरी आउन नपाउने र हात हतियार प्रयोग गर्न नपाउने जस्ता नियम राखिएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।

उम्मेदवार डा. खीमलाल देवकोटा, गाउँनगर महासंघका महासचिव भीम ढुङ्गाना, सविधान सभा सदस्य अनन्त पौडेल, निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ, मतदान अधिकृतहरु तीर्थराज भट्टराई, कैलाश प्रसाद भट्टराई लगायत सञ्चारकर्मीहरुले आफ्ना सुझाव राख्नुभएको थियो ।