
हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न चुनावी मैदानमा उत्रेका अध्यक्ष पदका उम्मेदवार महेन्द्र राउत समुह र राजकुमार न्यौपाने समुहले अक्सिजन सिलिन्डर सहयोग गरेका छन्।
महेन्द्र राउतसँगै ,रबिन्द्र घिमिरे, अनिल अग्रवाल, कृ्ष्णराम न्यौपाने र युवाकर मैनाली सहितको टोलिले हेटौंडामा लायन्सद्वारा स्थापना गरेको अक्सिजन बैंकलाई ४० थान अक्सिजन सिलिन्डर गरेका हुन्।
त्यसैगरी राजकुमार न्यौपाने समूहका रामप्रसाद न्यौपाने, प्रतिमा श्रेष्ठको टोली मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर दिएको छ। आज प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौँडा अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।








