चितवन बिशेष

चितवनमा बाघको आक्रमणबाट एक महिला घाईते

संवाददाता

चितवन \ चितवनमा बाघको आक्रमणबाट एक महिला घाईते भएकी छिन ।  आईतबार दिउसो १२ः०० बजेको समयमा भरतपुर महानगरपालिका ८ स्थित बनदेबी सामुदायिक बनमा निउरो टिप्न गएकी एक महिला बाघको आक्रमणबाट घाईते भएकी हुन् ।

बाघको आक्रमणमा परि ४२ वर्षकी मिना लामा घाईते भएकी हुन् । घाईते लामालाई उपचारको लागि भरतपुर अस्पाताल भरतपुर लगिएको र उनको उपचार भइरहेको प्रहरीको भनाई छ । यो घटनासँगै चितवनमा १० दिनमा बाघको तिन घटना घटेको छ ।