
मकवानपुरको राक्सिराङ गाउपालिकामा रहेको कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत हेटौडा उपमहानगरपालिका घर भएकी महिलाको शुक्रबार मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
हेटौडा घर भएकी ती महिलालाई हेटौडाका अस्पतालमा बेड र अक्सिजन अभाव भएको भन्दै शुक्रबार दिउँसो राक्सिराङ गाउपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा ल्याइएको थियो । हेटौडाबाट रिफर गरि ल्याइएको केहि समयमा नै महिलाको ज्यान गएको अध्यक्ष मल्लले बताए । ती महिलाको छोरा बुहारी राक्सिराङकै स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी हुन् ।
गाउँपालिका अध्यक्ष मल्लले राक्सिराङ अस्पतालमा बेड र अक्सिजन हाललाई पर्याप्त रहेको बताए । सो अस्पतालमा हाल थप एकजना संक्रमित उपचाररत छन् ।








