
हेटौंडा \ विहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा ४ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार विहीबार उपचारका क्रममा रहेका थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका भित्रका तीन जना र एकजना रौतहट जिल्लाका संक्रमित रहेका छन् । अस्पतालले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १० का ४४ बर्षीय, ७ का ७८ बर्षीय र वडा नम्बरका ६० बर्षीय पुरुषको मृत्यु भएको छ ।
यसैगरी रौतहका ६५ बर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज सागर काफ्लेले जानकारी दिए ।
विहीबार मृत्यु भएका थप ३ जना संक्रमितसँगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।









