मुख्य खबरसमाचार

काँग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

संवाददाता

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुर्‍याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

काँग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइट www.nepalicongress.org मा बिहीबार सार्वजनिक गरेको हो।