मुख्य खबरसमाचार

ओलीले बोलाए एमाले बैठक, माधवलाई फकाउने प्रयास जारी

संवाददाता

काठमाडौं \ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन् । असन्तुष्ट झलनाथ खनाल माधव नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्न अन्तिम प्रयास कसरी गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको ओली निकट एक स्थायी समिति सदस्यले जानकारी दिए ।

उनका अनुसार खनाल नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्न आज अन्तिम प्रयास गरिनेछ । बैठक बालुवाटारमा सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार बैठकको एजेन्डाबारे त्यही छलफल हुने भएपनि केही महत्वपुर्ण निर्णय हुनसक्ने अपेक्षा आफुले गरेको बताए ।