
मकवानपुरमा बुधबार पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना हेटौंडा उपमहानगर वडा नंबर १ का ५० वर्षीय पुरुष र वडा नंबर ३ का ६३ वर्षीय पुरुष रहेका छन् । त्यस्तै भीमफेदी गाउँपालिका वडा नंबर ६ का ५९ वर्षीय पुरुष रहेका छन् ।
उनीहरु तीन जनानै हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।








