मुख्य खबरसमाचार

हामी तटस्थ बस्छौं : महन्थ ठाकुर

संवाददाता

काठमाडौं \  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष कतैपनि नलाग्ने बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिने बताए ।

‘प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन । किनभने हामी राजनीतिक रुपमा पीडित छौं । हाम्रो सांसद जेलमा छन् । रेशम चौधरीलाई यहाँ देख्न चाहन्छौं । तर उहाँ जेलमा हुनुहुन्छ’, ठाकुरले भने । अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारेखमा बस्ने अवस्था रहेको उनले बताए । ‘प्रदेशका सांसद तारिखमा छन् । मेयरहरु तारिखमा छन् । सयौं कार्यकर्ता जेलमा छन् । यो संविधानले गर्दा’, उनले भने । संविधान संशोधनको आफ्नो माग पूरा नभएको ठाकुरले बताए ।