
हेटौंडा \ हेटौंडामा शनिबार साँझ दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा उपचार गराइरहेका हेटौंडा-५ का ६५ वर्षीया एक पुरुष र बारा सिम्रौनगढका ३४ बर्षीय एक पुरुषको मृत्यु भएको हेटौंडा अस्पताल कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले बताएका छन ।
योसँगै कोरोना पुष्टि भई हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
यसअघि हेटौंडाका ५५ बर्षीय पुरुष र बारा अमलेखगन्जका ४६ बर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिला र हेटौंडा-६ की ४१ बर्षीय एक महिला र बारा अमलेखगन्जका ५९ बर्षीय पुरुष र मकवानपुरगढी का ६८ बर्षीय एक पुरुष र रौतहट चपुरका ३८ वर्षीय एक पुरुष र हेटौंडा-४ का ३७ वर्षीया एक महिलाको र हेटौंडा-७ का ४० बर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।









