
हेटौंडा \ हेटौंडा–१० राप्तिखोलामा शनिबार विहान एक प्रहरीको शव भेटिएको छ । उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक केशवबहादुर खत्रीको शव राप्ति खोलामा भेटिएको हो । स्थानीयले विहान शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।
गोरक्षश्वर मन्दिर निजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








