
बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीको तर्फबाट नेमकिपाका नेता कृष्णबहादुर तामाङले आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडामा बागमती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईको प्रस्तावकमा र प्रदेश सभा सदस्य श्रीजना सैंजुको समर्थनमा तामाङले आफ्नो उम्मेदवार दर्ता गराएका हुन् ।
यस अघि एमालेबाट गृहमन्त्री राम बहादुर थापा र अन्य दलका साझा उम्मेदवार डा. खिमलाल देवकोटाले आफ्नो उम्मेदवार दर्ता गराइसकेका छन् ।








