
हेटौंडा \ पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानिमा ट्रक र बस एक आपसमा ठोकिदाँदुर्घटना हुँदा १८ जना घाइते भएका छन ।
हेटौंडाबाट चितवन तर्फ जादै गरेको ना ५ ख ४१४६ नम्बरको ट्रक र गौर जाँदै गरेको ना ७ ख ९१४० नम्बरको बस एक आपसमा ठोकिएको थियो । दुर्घटना हुँदा १८ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जनाएका छन् ।
घाइते सबैको उद्धार गरि चुरेहिल अस्पताल, सहकारी अस्पतालमा उपचार भईरहेको र एकजनाको अवस्था गम्भीर रहेको डिएसपी रिमालले जनाएका छन।








