मुख्य खबरसमाचार

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई फेस सिल्ड सहयोग

संवाददाता

कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा निजी क्षेत्रका अस्पतालहरुको संस्था एशोसियसन प्राइभेट हेल्थ इन्टिच्युट नेपाल (अफिन नेपाल)ले चारसय थान फेस सिल्ड सहयोग गरेको छ । मकवानपुरमा पछिल्लो समय कोरोना संक्रमणको संख्या बढ्दो अवस्थामा रहेकाले अग्रस्थानमा रहि कामगर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई फेस सिल्ड सहयोग गरिएको अफिन नेपालका अध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।

बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको डिसिसीएमसीको बैठकमा प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले विभिन्न अस्पताल तथा सुरक्षा निकायलाई उक्त फेस सिल्ड हस्तान्तरण गरिएको थियो ।

फेस सिल्ड हेटौंडा अस्पताललाई ९० थान, जिल्ला प्रहरी कार्यालयलाई ५० थान, जिल्ला ट्राफिक कार्यालयलाई २५ थान, वडा प्रहरी कार्यालय, गौरीटार आइसोलेसन, सञ्चो अस्पताल, चुरेहिल हस्पिटल, मकवानपुर सहकारी अस्पताल, सिटी हस्पिटल, अर्थोपेडिक हस्पिटललाई २५२५ थान, सशस्त्र प्रहरी ५० थान र बैठकमा उपस्थित सहभागिलाई गरी ४ सय थान हस्तान्तरण गरिएको अध्यक्ष महर्जनले बताए ।